काठमाडौं–राष्ट्रिय जनता पार्टी राजपा भित्र सरकारमा सहभागी हुने, नहुनेबारे छलफल सुरु भएको छ ।


ADVERTISEMENT


राजपाको सोमबार सुरु राजनीतिक सहमिति बैठकमा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुृर र सदस्य राजेन्द्र महतोले यसबारे प्रष्ट धारणा दिन सदस्यहरुलाई आग्रह गरेका छन् ।


ADVERTISEMENT

# # #


सरकारले हामीलाई सामेल हनु बारम्बार भनिरहेको छ, ठाकुरले भने, एउटा राजनीतिक दल सरकारमा नजाने भन्ने त हुँदैन तर गएदेखि किन र के सर्तमा जाने भन्ने प्रश्न उठ्छ । त्यसैले यसबारे साथीहरुको धारणा बाहिर आओस् ।

त्यसलगत्तै महतोले संविधान संशोधनका विषयमा सरकारको धारणा थुनामा परेका कार्यकर्ताको मुद्धा फिर्ता र सांसद रेशम चौधरीको शपथग्रहण गराउनुपर्ने माग पुरा नभएसम्म सरकारमा जान नहुने धारणा राखे । – आजको कान्तिपुरबाट