दक्षिण कोरिया– दक्षिण कोरियाली विदेशमन्त्री काङ कुङ ह्वाले सोमबार सोल छ दशक लामो कोरियाली युद्धलाई क्रमशः तर यसै वर्षमा अन्त्य गरिने बताएका छन् । तर प्रारुप तथा विशेष समयका लागि ‘लचिलो’ बन्नु आवश्यक भएको उनले बताएका छन् ।


ADVERTISEMENT


अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग टेलिफोनमा कुराकानी गरेपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै काङले भने, शान्ति सम्झौताको मध्यस्थता गर्न र आवश्यक प्रक्रियाका लागि उत्तर कोरिया र अमेरिकासँग परामर्श गरेर अघि बढिने उनको भनाई रहेको दक्षिण कोरियाली समाचार संस्थाले जनाएको छ ।


ADVERTISEMENT

# # #


दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनसँगको परामर्श र उत्तर कोरियाली नेतासँगको शिखर सम्मेलनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन १९५०–५३ मा दुई कोरियाबीच भएको युद्धको औपचारिक अन्त्य गर्न प्रतिवद्ध रहेको काङले बताएका छन् ।

दक्षिण कोरियाका विदेश मन्त्रीले उत्तर कोरियाली समकक्षी रि योङ होसँग ‘आसियन रिजनल फोरम’ मा भेटवार्ता हुने विश्वास व्यक्त गरेका छन् । जुन कार्यक्रम आउदो अगष्टको सुरुमा हुन लागेको छ ।

काङले ट्रम्प र किमको हटलाईन सेवालाई थप अगाडी बढाउने विषयमा पनि छलफल हुन लागेको स्पष्ट पारेका छन् । गत हप्ता ट्रम्पले आफ्नो सिधा टेलिफोन नम्बर उत्तर कोरियाका सर्वोच्च नेता किमलाई दिएको बताएका थिए ।

“मैले उहाँलाई सिधै फोन गर्न सक्छु, मैले पनि उहाँलाई मेरो सिधा सम्पर्क दिएको छु, उहाँले कुनै अफ्यारो महसुस हुनासाथ फोन गर्न सक्नुहुने छ । हामी अव सञ्चार सम्पर्कमा रहने छौं,” अमेरिकी राष्ट्रपति ट्रम्पले भने ।

ट्रम्प र किम बीच यही जुन १२ तारिखका दिन पहिलो पटक सिंगापुरमा शिखर वार्ता भएको थियो । रासस