काठमाडौं– वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ ।


ADVERTISEMENT


डा. देवकोटाको पार्थिव शरीर दिउँसो १ बजेसम्म अस्पताल प्राङ्गणमा राखिने छ । त्यसपछि आजै पशुपति आर्यघाटमा दाहस‌ंस्कार गरिने अस्पताल प्रशासनले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


डा. देवकोटालाई श्रद्धान्ली दिनका लागि उपराष्ट्रपति नन्दबहादुर पुन अस्पताल पुगेका छन् । उपराष्ट्रपति पुन लागयत विभिन्न दलका नेताहरु श्रद्धान्जली दिनका लागि न्यूरो अस्पताल पुगेका छन् ।

डा। देवकोटाको निधन भएको खबर पाएलगत्तै सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली, नारायण काजी श्रेष्ठ, गीरीराजमणी पोखरेल, बामदेब गौतम, ममधव कुमार नेपाल लगायत नेता श्रद्धान्जली दिनका लागि अस्पताल पुगेका थिए ।

क्यान्सर रोगबाट पीडित डा. उपेन्द्र देवकोटाको सोमबार साँझ उपचारको क्रममा निधन भएको थियो ।