हेटौँडा– नेपाली काँग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आजदेखि मकवानपुरको हेटौँडामा शुरु हुँदै छ ।


ADVERTISEMENT


सो भेलामा नेपाली काँग्रेसका केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु, ७७ जिल्लाका काँग्रेस सभापतिहरु र पर्यवेक्षक गरी करीब ५७५ जनाको सहभागिता रहने नेपाली काँग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


उक्त भेलाको दिउँसो पार्टीका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुहुने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

यसअघि सोमबार साँझ पार्टी सभापति देउवाको अध्यक्षतामा हेटौंडामा बसेको केन्द्रीय समितिको बैठकमा महामन्त्री डा शशांक कोइरालाले भेलामा छलफल गरिने संगठन, विधान र समसामयीक मुद्धाबारे जिल्लामा पठाइएको परिपत्र र भएका छलफलका बारेमा जानकारी गराएका थिए । रासस