काठमाडौँ– विश्वकप समूह ‘एच’को पहिलो खेलमा एसियाली महारथी जापानले कोलम्बियालाई हराएको छ। दश खेलाडीमा सिमित कोलम्बियालाई २–१ गोल अन्तरले पराजित गर्दै जापानले विश्वकपमा विजयी सुरुवात गरेको हो।


ADVERTISEMENT


कार्लोक्स सान्चेजले ह्यान्ड बल गरेसँगै उनले रातो कार्ड पाए र कोलम्बिया खेलको छैठौं मिनेटबाटै १० खेलाडीमा सिमित भएको थियो।कोलम्वियाका मिडफिल्डर कार्लास साञ्चेज रसिया विश्वकपमा रातो कार्ड खाने पहिलो खेलाडी बनेका छन् । सो कार्ड विश्वकप इतिहासमा दोस्रो छिटो रातो कार्ड पनि हो ।


ADVERTISEMENT

# # #


उक्त ह्याण्डमा जापानले पेनाल्टी पाएको थियो ।

पेनाल्टीलाई सिन्जी कागावाले गोलमा परिणत गर्दै जापानलाई अग्रता दिलाए । तर खेलको ३९ औं मिनेटमा जुवान क्विन्टरोको फ्रि-किक गोलमा कोलम्बिया खेलमा फर्कियो। पहिलो हाफसम्म १-१ को बराबरी रहेको खेलमा जापानले फेरि दोस्रो हाफमा पनि गोल गर्दै अग्रता बढायो। ७३ औं मिनेटमा काइसुके होन्डाको गोलमा युवा ओसाकोले गोल गर्दै जापानलाई जित दिलाएका हुन् ।

अधिकांश समय खेल नियन्त्रणमा लिएको जापानले आज कोलम्बियालाई दबाबमा राखेको थियो। खेलमा ५८ प्रतिशत नियन्त्रण लिएको जापानले ६ पटकसम्मको प्रहार कोलम्बियाली किपरले रोकेका थिए।

योसँगै जापानले ब्राजिलमा भएको अघिल्लो विश्वकपमा ४–१ ले भोगेको पराजयको बदला लिएको छ। कोलम्बिया चार वर्षअघि ब्राजिलमा भएको विश्वकपको क्वाटरफाइनलमा पुगेको टिम हो । त्यसबेला समूह चरणमा कोलम्बियाले जापानलाई हराएको थियो । जापानले कोलम्बियालाई पहिलो पटक पराजित गर्दै इतिहास बनायो।