मुगु– छायानाथ रारा नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका हरिजङ्ग शाही तीन हजार ५६० मत ल्याई विजयी भएका छन्


ADVERTISEMENT


उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का जितबहादुर मल्लले तीन हजार ४४१ मत प्राप्त गरे । नगर उपप्रमुखमा एमालेकी सुन्तला रोकायाले तीन हजार २२५ मत ल्याई विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (मओवादी केन्द्र)का शुरबहादुर बुढाले दुई हजार ९७० मत प्राप्त गरेका थिए ।


ADVERTISEMENT

# # #


यस्तै जिल्लाको तीनवटा गाउँपालिकामध्ये दुईवटाको मतगणना सम्पन्न भएको छ । कारमारोम गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका छिरिङ क्याप्ने लामा एक हजार १७० मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सोनाम छिरिङ लामाले एक हजार २६ मत प्राप्त गरे।

उपाध्यक्षमा एमालेका छिरिङ तामाङ एक हजार ६१ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका इटोल लामाले ९१५ मत प्राप्त गरे । सो गाउँपालिकाको नौवटा वडामध्ये पाँच वटामा एमाले र चार वटामा काँग्रेस विजयी भएको छ ।

यसैगरी खत्याड गाउँपालिकाको अध्यक्षमा एमालेका उब्जन शाही दुई हजार ३०७ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका विर्खबहादुर थापाले दुई हजार ३८ मत प्राप्त गरे ।
उपाध्यक्षमा एमालेका जयनन्द रावलले दुई हजार ३२२ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सरिता रोकायाले दुई हजार ३१५ मत प्राप्त गरे ।

जिल्लाको सुरु गाउँपालिकाको मतगणना भइरहेको छ ।