‘अपराध विरुद्ध लड्न नयाँ प्रविधि र योजनाका साथमा प्रहरी’

काठमाडौं । अपराध अनुसन्धान विभागका प्रमुख डिआईजी धीरु बस्नेतले अपराध अनुसन्धान र निराकरणमा नयाँ प्रविधि र योजनाका साथमा प्रहरी अघि बढेको बताएका छन् ।


ADVERTISEMENT


समाज, देश र विश्वबाट नै गैरकानूनी गतिविधी, क्रियाकलाप र अपराधका जुनसुकै अवयवहरुलाई परास्त गर्न अपराध अनुसन्धान र निर्मुलिकरणका लागि प्रहरी प्रभावकारी तयारीका साथ अघि बढिरहेको जानकारी दिए ।


ADVERTISEMENT

# # #


बिभिन्न देशका प्रहरी अधिकारीहरु सम्मिलित ईन्टरपोलको ‘अपरेसन मण्डला’ सम्बन्धी एक कार्यक्रमका प्रमुख अतिथी बस्नेतले अपराध विश्वभरीकै समस्या भएको बताउँदै यस्को नियन्त्रणमा सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

चुनौती र अवसरहरुलाई केलाउँदै विश्वलाई नै अपराध मुक्त बनाउन ईन्टरपोल र सम्बद्ध सबै प्रहरी शक्ति नयाँ सहकार्यका साथ अघि बढ्नुपर्ने उनको प्रस्ताव छ ।

‘अपरेसन मण्डला’को मेवाईल ईन्टरपोल नेटवर्क डाटाबेस ( माईन्ड ) प्रविधिलाई प्रयोग गरेर अपराध नियन्त्रण गर्ने प्रहरीको प्रयासमा कोशेढुँगा सावित हुने विश्वास ब्यक्त गरे ।

डीआईजी बस्नेतले साईबर क्राईम र मानव ओसार प्रसारका छुट्टा छुट्टै ब्युरो बनाएर अपराधलाई निरुत्साहित गर्ने गरी काम सुरु भएको समेत जानकारी दिएका छन् ।

बुद्धको जन्मस्थल नेपालले नै विश्व शान्तिका लागि सन्देश प्रवाह गर्ने गरी अपराध नियन्त्रणमा प्रहरी अहोरात्र खटिरहेको डीआईजी बस्नेतले बताएका छन् ।

आज राजधानीमा आयोजित सो कार्यक्रममा प्रोजेक्ट म्यानेजर क्यापासिटी ब्युल्डिङ डाईरोक्टोरेट रेयेज मारी जुडिथ, सीटी कोअर्डिनेटर ज्यासोन केलान्ड, आईवीएमटीएफ कोअर्डिनेटर ह्युक ली, प्रोजेक्ट एसिस्टेन्ट क्यापासिटी ब्युल्डिङ डाईरोक्टोरेट नाभारो रोवेना लगायत ईन्टरपोलका प्रतिनिधीहरु सहभागी थिए ।