काठमाडौँ– विश्वकप अन्तर्गत समूहको दोस्रो चरणको खेलमा पोर्चुगलले मोरक्कोलाई १-० गोलले पराजित गरेको छ । पोर्चुगलका लागि कप्तान रोनाल्डोले चौथो मिनेटमै गोल गरेर अग्रता दिलाएका थिए । उनले खेलको चौथो मिनेट मै हेडिङ गरेर गोल गरेका हुन् ।


ADVERTISEMENT


मस्कोको लुज्निकी रंगशालामा समूह बी बाट पोर्चुगल र मोरक्कोबीच भएको खेलमा पहिलो हाफमा पोर्चुगलले गोल गरेपनि दोस्रो हाफमा भने गर्न सकेन । यस्तै मोरक्कोले थुप्रपटक चान्स पाउँदा पनि गोलमा परिणत गर्न सकेन ।


ADVERTISEMENT

# # #


यसअघिको पहिलो खेलमा क्रिष्टियानो रोनाल्डोको टोली पोर्चुगलले पहिलो चरणमा स्पेनसँग बराबरी खेलेको थियो भने मोरक्को इरानबिरुद्ध अन्तिम मिनेटमा आत्मघाती गोलका कारण पराजित हुनुपरेको थियो ।

रोनाल्डोको किर्तीमानी गोल

यस्तै रोनाल्डो युरोपेली राष्ट्रहरु मध्ये सर्वाधिक गोलकर्ता बनेका हुन् । खेलको ४ औं मिनेटमा पोर्चुगोलको लागि स्टाइकर क्रिस्टियानो रानाल्डोले गोल गरे । स्पेनविरुद्ध ह्याट्रिकसँगै उनले हंगेरीका फ्रेरेन्क पुस्कासको ८४ अन्तर्राष्ट्रिय गोलको किर्तिमान बराबरी गरिसकेका थिए ।

यो गोलसँगै युरोपियन टोलीका तर्फबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडी बन्नेछन् । पुस्कासलाई उछिनेपछि रोनाल्डोको टार्गेट अब पोर्चुगलका लागि १ सय गोल हुनेछ ।