काठमाडौँ– चीनका राष्ट्रपति सी जिनपिङले चिनियाँ रेल काठमाडौंसम्म आइपुग्ने बताएका छन् । उनले नेपालको सार्वभौमसत्ता, अखण्डतालाई सम्मान गर्दै सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।


ADVERTISEMENT


६ दिने चीन भ्रमणमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित गएको नेपाली प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा राष्ट्रपति सीले नेपालको विकास र समृद्धिमा चीनको तर्फबाट सहयोग उपलब्ध हुने बताउँदै दुई देशबीचको सम्बन्धलाई नयाँ आधारमा अगाडि बढाउन आफूहरु तयार रहेको धारणा व्यक्त गरे । भ्रमण टोलीमा रहेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल र अन्य देशको सम्बन्ध सधैँ राम्रो होस् भन्ने चीनको चाहना रहेको बताए ।


ADVERTISEMENT

# # #


राष्ट्रपति सीले नेपालले गर्ने विकाश प्रयासमा चीनको सधैँ साथ रहने पनि बताए । उनले असल छिमेकीका रुपमा नेपाललाई चीनले सधैँ सम्मान र सहयोग गर्दै आएको स्मरण पनि गरे ।

राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच आधा घण्टा छुट्टाछुट्टै भेटवार्ता भएको थियो । बेइजिङस्थित ग्रेट हल अफ पिपलमा उनीहरुबीच भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीले नेपाल भ्रमणका लागि गरेको निमन्त्रणापत्र हस्तान्तरण गरेका थिए ।

राष्ट्रपति भण्डारीको निमन्त्रणापत्र स्वीकार गर्दै चिनियाँ राष्ट्रपति सी ले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री अ‍ोलीले आजै नेपाल चाइना विजनेश फोरमलाई सम्बोधन गरेका थिए भने दुई देशका निजी क्षेत्रबीच ऊर्जा, सिमेन्ट र पश्मिना उद्योग सञ्चालनका विषयमा भएको हस्ताक्षर समारोहमा पनि सहभागी भएका थिए ।