काठमाडौं–रसियामा जारी फिफा विश्वकप फुटबलमा स्पेनले इरानमाथि संघर्षपूर्ण जित निकालेको छ । अधिकांश समय बल नियन्त्रणमा लिएको स्पेनले १–० गोल अन्तरमा हराउँदै अघिल्लो चरण प्रवेश सम्भावना बलियो बनाएको हो ।


ADVERTISEMENT


बुधबार भएको समूह चरणको दोस्रो खेलमा स्पेनले इरानमाथि ७० प्रतिशत बल नियन्त्रणमा लिए पनि १–० गोलको झिनो अन्तरमा हराउन बाध्य भयो ।


ADVERTISEMENT

# # #


इरानको कडा डिफेन्सबीच स्पेनले १७ पटक प्रहार गरेको थियो । जसमध्ये ८ पटक किपरले रोके भने ६ पटक अन टार्गेन र ३ पटक टार्गेटमा बल प्रहार भएको थियो । यस्तै ७९ प्रतिशत सफल पास खेलेको स्पेनले १०५ किमी दौडिएको थियो ।

कजानस्थित कजान एरिनामा स्पेनलाई जित दिलाउन डिएगो कोष्टा नायक बने । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५४ औं मिनेटमा कोष्टाले गोल गरेका थिए । इरानी डिफेन्डरले क्लियर गर्न खोजेको बल कोष्टालाई लाग्दै गोलमा परिणत भएको थियो । उनको यो विश्वकपमा तेस्रो गोल हो। यसअघि पहिलो खेलमा पोर्चुगलविरुद्धको उनले दुई गोल गरेका थिए ।

यो जितसँगै समूह बी को स्पेनले दोस्रो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । स्पेनले २ खेलबाट ४ अंक जोडेको छ । यो समूहमा पोर्चुगलको पनि समान खेलबाट ४ अंक छ । स्पेनले पहिलो खेलमा पोर्चुगलसँग ३–३ गोलको बराबरी खेलेको थियो।

पोर्चुगलले दोस्रो खेलमा मोरक्कोलाई १–० ले हराएको थियो। इरानले पहिलो खेलमा मोरक्कोलाई १–० ले हराएको थियो । इरानको पनि दोस्रो चरण पुग्ने सम्भावना कायम रहेको छ। इरानले अब पोर्चुगलसँग खेल्नेछ ।

स्पेनले अब अन्तिम खेलमा मोरक्कोसँग खेल्नेछ। दुई खेल गुमाईसकेको मोरक्को प्रतियोगिताबाट बाहिरीसकेको छ । यदि स्पेनले मोरक्कोलाई हराए सोझे दोस्रो चरणमा पुग्नेछ । तर, स्पेन मोरक्कोसँग पराजित भए वा बराबरीमा रोकिए। पोर्चुगल र इरानको खेलमा भर पर्नुपर्नेछ । यदि इरानले पोर्चुगललाई हराए स्पेन र पोर्चुगलमध्ये १ बाहिरिनुपर्नेछ । तर, पोर्चुगलले इरानलाई हराए स्पेन र पोर्चुगल दुबै दोस्रो चरणमा जानेछन् ।

हेर्नुहोस हाइलाइट्स: