काठमाडौँ– योग र आयुर्वेदसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरी विहिबार चौथो अन्तर्राष्ट्रिय योग दिवस मनाइदैछ । ग्रेगोरियन पात्रोअनुसार जुन महिनाको २१ तारिखमा विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।


ADVERTISEMENT


संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो । संयूक्त राष्ट्र संघ स्वयमले स्थापना गरेको हो भने योगलाई शताब्दी बिकासको सुचकाङ्कका रुपमा समेत लिइएको छ ।


ADVERTISEMENT

# # #


अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए । प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेका थिए । यो प्रस्तावलाई विश्वका धेरै देशले समर्थन गरिसकेका छन् ।

H

तस्विरहरु : रासस/एजेन्सी