काठमाडौँ– स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीले निवेदन फिर्ता लिन थालेका छन् ।


ADVERTISEMENT


मन्त्रिपरिषद् बैठकबाट स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीले सरकारको आग्रह पछि निवेदन फिर्ता लिन थालेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार अहिलेसम्म १९३ कर्मचारीले निवेदन फिर्ता लिइसकेका छन् । “ सरकारले कर्मचारीलाई स्वेच्छिक अवकाशका लागि निवेदन फिर्ता गर्न आह्वान गरेसँगै कर्मचारीले निवदेन फिर्ता लिइरहेका हुन्।”, उनले भने, “अहिले दैनिक १० देखि १२ कर्मचारीले निवेदन फिर्ता लिइरहेका छन् ।”

अघिल्लो सरकारले कर्मचारीलाई स्वेच्छिक अवकाश दिने निर्णय गरे पनि वर्तमान सरकारले स्वेच्छिक अवकाश मुलुकका लागि उपयुक्त नहुने भन्दै स्वेच्छिक अवकाशमा नजान सुझाब दिएकोे हो ।

उनले अझै एक हप्तासम्म स्वेच्छिक अवकाशका लागि निवेदन फिर्ता लिने समयसीमा रहेको बताए ।

सरकारले संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नजाने कर्मचारीलाई स्वेच्छिक अवकाशका लागि प्याकेज कार्यक्रम ल्याएको थियो । चार सचिवसहित करीब नौ हजार ६७२ कर्मचारीले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका थिए ।

प्रवक्ता अधिकारीले निवेदन फिर्ता नलिएका कर्मचारीका बारेमा सरकारले पछि निर्णय गर्ने जानकारी गराए ।