एजेन्सी– रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘सी’ को खेलमा अष्ट्रेलिया र डेनमार्कले बराबरी खेलेका छन् । अष्ट्रेलिया र डेनमार्कले १–१ गोलको बराबरी खेलेका हुन् ।


ADVERTISEMENT


डेनमार्कले लिएको सुरुआती अग्रतालाई जोगाउन नसक्दा बराबरी खेलेको हो । अष्ट्रेलियाका लागि माइल जेडिनाकले गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका थिए । खेलको ३८औं मिनेटमा डेनमार्कका खेलाडीले डिबक्सभित्र हातले बल रोकेपछि अष्ट्रेलियाले पेनाल्टी पाएको थियो । पेनाल्टीमा जेडिनाकले गोल गरे ।


ADVERTISEMENT

# # #


यसअघि खेलको सातौ मिनेटमा नै क्रिस्टियन इरिकसेनले गोल गर्दै डेनर्माकलाई अग्रता दिलाएका थिए ।