कांग्रेस जिल्ला सभापतिहरूको प्रश्न


ADVERTISEMENT


काठमाडौं– हेटौँडाको राष्ट्रिय भेलामा कांग्रेस जिल्ला सभापतिहरूले नेतृत्वलाई मिल्न बिहीबार पनि दबाब दिए ।


ADVERTISEMENT

# # #


भेलाको दोस्रो दिन बोल्ने सभापतिहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनको सिंगापुर वार्ताको प्रसंगसमेत कोट्याउँदै आफ्ना सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई मिल्न दबाब दिए ।

कतिपयले देशका दुई ठूला कम्युनिस्ट शक्ति मिलेको दृष्टान्त दिँदै एकै पार्टीका दुई नेता मिल्न नसकेकोमा आलोचना गरे ।

अधिकांश सभापतिले ट्रम्प र किमको मिलाप तथा नेपालकै दुई कम्युनिस्ट शक्तिको एकतालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै दुई शीर्ष नेतालाई एक हुन दबाब दिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । – आजको नयाँ पत्रिकाबाट