काठमाडौं– भक्तपुरको सानोठिमीमा शुक्रबार बिहान ट्रिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।


ADVERTISEMENT


सिन्धुपाल्चोक सेलाङ ६ घर भई हाल भक्तपुर सानोठिमी बस्ने ४८ वर्षीय चेत बहादुर थापाको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


गम्भीर घाइते भएका उनको उपचारको क्रममा बी।एण्ड।बी अस्पताल ग्वार्कोमा शुक्रबार बिहान साढे ६ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

आज बिहान सवा ५ बजे पेप्सीकोलाबाट भक्तपुरको अनुदान चोक तर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको ट्रिपरले बा ६६ प ८५५३ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।

ट्रिपरसहित चालकलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाइएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।