काठमाडौं– क्रोएसियासँग लज्जास्पद हारपछि अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओलीले विश्वकपमा खराब प्रदर्शनको दोष खेलाडीहरुमाथि थोपरेका छन् । लिओनल मेस्सीलाई साथ दिने खेलाडी अर्जेन्टिनी टिममा नभएको उनको टिप्पणी छ ।


ADVERTISEMENT


बिहीबार राति भएको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले हराएको थियो । यो हारसँगै समूह डीमा रहेको अर्जेन्टिना समूह चरणबाटै बाहिरिने खतरा बढेको छ ।


ADVERTISEMENT

# # #


प्रशिक्षक साम्पाओलीले भनेका छन्, ‘अर्जेन्टिनी टिमका कारण मेस्सीको क्षमतामाथि बादल लागेको छ । लिओ सिमित छन् किनकी टिम उनीअनुसार छैन ।’

उनले गोलकिपर विली क्याबलेरोको पनि बचाउ गरे, जसको गल्तीले अर्जेन्टिनाले पहिलो गोल खाएको थियो । उनले भने, ‘क्याबलेरोलाई दोष दिनु उपयुक्त हुन्न ।’

आफूले फरक तरिकाले योजना बनाएको र, त्यसले विपक्षीमाथि दबाव बढ्छ भन्ने सोचेको भन्दै उनले भने, ‘पहिलो गोलपछि हामीले भावनात्मक रुपमा हार्यौं ।’

‘हाम्रो ड्राइभिङ फोर्स मेस्सी नै हुन् । तर, हामीले उनलाई भेट्टाउन सकेनौं । हामीले लिओलाई बल दिन टिमवर्क ग¥यौं । अर्को टिमले त्यसलाई छल्न काम गर्यौं ।’

यो हार आफ्नो लागि पनि लाजमर्दो भएको प्रशिक्षक सम्पाओली आफैंले स्वीकार गरेका छन् । उनले अर्जेन्टिनी समर्थक समक्ष माफी समेत मागेका छन् ।