काठमाडौँ– साहित्यकार डा डिआर पाण्डेको उपन्यास तथा गीति एल्बम आज विमोचन गरिएको छ ।


ADVERTISEMENT


एक दशकदेखि नेपाली उपन्यास क्षेत्रमा कलम चलाउँदै आउनुभएका डा पाण्डेको सातौँ उपन्यास ‘अतिरिक्त’ र पहिलो गीति एल्बम ‘प्रणय’को आज सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विमोचन गर्दै साहित्य र गीत संगीतको कुनै जात, वर्ण, लिङ्ग, भूगोल हुँदैन, यसलाई जुन परिवेशमा प्रस्तुत गरे पनि हुन्छ भने ।


ADVERTISEMENT

# # #


वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानले उपन्यासका साथै गीतसंगीतको क्षेत्रमा लागेर डा पाण्डेले नयाँ कामको थालनी गरेको बताए । ‘प्रणय’ गीति एल्बममा सागर अधिकारीले संगीत दिनुभएको छ । पर्साको वीरगञ्जमा जन्मिएका डा पाण्डेले यसअघि ‘बज्रघात’, ‘त्यागी’, ‘अपवित्र छाया’, ‘भाग्यचक्र’, ‘स्वार्थी’ र ‘बिटुली’ उपन्यास बजारमा ल्याइसकेका छन् ।