काठमाडौँ – काठमाडौँ महानगरमा नेकपा एमालेल सुरुवात देखि नैे अग्र स्थानमा कायमै राखेको छ । एमालेका तर्फबाट मेयरका प्रत्यासी विद्यासुन्दर शाक्यले नेपाली कांग्रेसका राजुराज जोशीलाई पछि पार्दै अग्र स्थान कायम गरेका हुन् ।


ADVERTISEMENT


पछिल्लो मत परिणाम अनुसार एमालेका विद्यासुन्दर शाक्यले ११ हजार ०८३ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज जोशी ७ हजार ४८९ मतका साथ शाक्यलाई पच्छ्याइरहेका छन् । त्यस्तै विवेकशीलकी रञ्जु दर्शनाले ४ हजार २२३ मतको साथ काग्रसलाई पच्छ्याइरहेकी छन् भने उनलाई साझा पार्टीका किशोर थापा ३ हजार ४९५ मतले पच्छ्याइरहेका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गी श्रेष्ठ ८ हजार ९२२ मतका साथ सुरुवात देखि नै अग्रस्थान कायमै गरेकी छन् । निकटतम प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठ ५ हजार ५१० मत ल्याउँदै खड्गीको पछिपछि आइरहेका छन् । यस्तै तेस्रो स्थानमा साझा पार्टीकी निरुपमा यादवले १ हजार ९११ मत प्राप्त गरेकी छन् । चौथा स्थानमा रहेको मोओवादी केन्द्रकी सुशीला पौडेलले १ हजार ४५७ मत ल्याएकी छन् ।

काठमाडौँ महानगरपालिकामा नेकपा एमाले र राप्रपाबीच तालमेल भएको छ ।