भुवन बहादुर सिह/बझाङ्ग–भु स्वर्गका नामले चर्चित खप्तड पछिल्लो समय आन्तरीक तथा बाह्य पर्यटकका आर्कषर्णको केन्द्र बिन्दु बन्दै गएको छ ।


ADVERTISEMENT


धार्मिक, अध्यात्मिक, पर्यावरणिय र भौगोलिक सुन्दरता जस्ता महत्व बोकेको खप्तड हरेक मौसममा रहस्यमयी देखा पर्छ । मंसिर देखी फागुन सम्म हिउँको सेतो पछ्यौरा ओढ्ने खप्तडका पाटनहरुमा बैसाख जेठमा विभिन्न जडिबुटी र बुकीको हरियो तन्ना ओच्छ्याइय जस्तो हुन्छ । राता र पहेला फुलहरुले वर्षायाममा ढकमक्क ढाकिने यो क्षेत्र भदौ असोजमा फुलेका रंगिविरगी फुलका कारण कुशल मालिले सजाएको फूलबारी जस्तो देखिन्छ ।
सौभाग्य बस मैले खप्तडका सबै रुपहरु संग परिचय गर्ने मौका पाएको छु ।


ADVERTISEMENT

# # #


खप्तडमा यो मेरो पाँचौ पटकको यात्रा हो । तर पहिलाका चार वटा यात्रा भन्दा यो यो यात्रा निकै रमाईलो भयो । पहिलो पटक पैदल यात्रा, दोस्रो घोडामा, तेस्रो पटक आधा बाटो जिपमा र आधा पैतलयात्रा गरेको थिए । चौथो र पाँचौ पटक भने आधाबाटो जिपले कटायो । त्यहाँबाट घोडाले बोकेर खप्तड सम्म पुर्याइदियो । पाचौं पटकको यात्रा अरु भन्दा निकै रमाईलो लाग्यो ।

सुरुवातको एक दिन कच्चीबाटोमा जिपको यात्रा गर्दा केहि थकान महसुस भयो । सुरुवातको दिन भन्दा अझ केहि यात्रा तय गरेपछि शरीर दुखाई कम हुन्छ भन्ने थाहा थियो । त्यहि भएर पहिलेको भन्दा पछिल्ला दिनको लामो दुरीको यात्रा गरे । यस्ले दुखाईहरु कम भएको अनुभुती भयो । सबै साथीहरु जिप बाट झरे पछि दारुगाउँमा खाना खायौ खाना खाईसके पछिको हाम्रो यात्रा घोडामा चढेर जाने थियो । दारुगाउँका सबै घोडाहरु खप्तडमा छोड्न लगि सकेका रहेछन् । घोडै भेटिएन । वर्षा याममा यहाँका घोडाहरु खप्तडको घाँसे मैदानमा चराउन छोड्ने भएकाले हामीले घोडा कैलाश बाट मगायौ । कैलाश देखि दारुगाउँ सम्म छ घण्टाको दुरी थियो ।

घोडा आईपुग्न समय लाग्ने भएकाले घोडाले जता भेटाउन्छ तेतै चढने सोचका साथ हामी बिस्तारै उकालो लाग्यौ । हिडेको पाँच मिनेटमै उकालो बाटो शुरु भयो । उकालोको थकाई र गाह्रो पनलाई विर्साउन गित, गजल र जोक्सको मधुवनको सुरु भयो । चौतारी, भञ्ज्याङ्ग, हरियाली र अग्ला भुभागमा फोटो सेसन र सेल्फी खिच्दै, गित गुनगुनाएको शुरमा लोखडा आईपुगेको पतै भएन । केहि समयको सुस्त सुस्त हिडाई पछि घोडा आईपुग्यो ।

उकालो बाटो त्यसमा पनि कहिले घोडा नचडेको साथी हुनुहुन्थ्यो धेरै रमाईलो थोरै डरका साथ चारै जना घोडामा चढ्यौ । म धेरै पटक घोडा चढिसकेकोले डरको महसुश कत्ति पनि भएन । दुई घण्टाको लामो घोडाको यात्रामा भएको गर्मिलाई सितलता दिन प्रकृतिले दिएको सिमसिम पानी रमाईलो र विर्सन नसकिने यात्रा बन्यो ।

खप्तडमा म पहिले पनि पुगिसकेको थिए । किन हो खै पछिल्लो पटक साथीहरुसंग गरिएको खप्तडको यात्रा निकै रोमान्चकारी भयो । प्रकृतिका हावा, पानी, बिरुवा, ठुला घाँसका मैदान, फुल , मन्दिर मुर्ति र सौर्दयसँग परिचित हुन पाउदा भु स्वर्ग खप्तड लाई मैले नजिक बाट नियाल्न पाए ।

तालमा हाँस पौडिएको दृश्य अबलोकन गर्दा तालमा आफै पौडिए झै रमाइलो अनुभव भयो । यात्राबाट फिर्ता भएपछि हाँसको राम्रो बखान स्थानिय लाई सुनाउदा भाग्य मानि मान्छेले मात्र हाँस देख्छ भन्ने कुरा सुने पछि आफु झनै दंग भए । फुलबारी को बगैचामा फुलेको रङ्गीचङ्गी फुल र पबित्र भूमिले मनै लोभ्याउने दृष्य झै सञ्जित दाईको गजल र गितको प्रहार बिच सुबेस दाईको मुक्तक र साथी एलिजा सँगको यात्रा मेरो जिवनको यादगार यात्रा भयो ।