झापा– झापाको शिवसताक्षी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।


ADVERTISEMENT


मृत्यु हुनेमा इलाम चुलाचुली नगरपालिका–१ निवासी ३५ वर्षीय इन्द्रकुमार राई रहेका छन् । शुक्रबार साँझ राईले चलाउँदै गरेको मे६प ७६०५ नंको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा उनी गम्भीर घाइते भएका थिए ।


ADVERTISEMENT

# # #


घाइते राईलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिए पनि उनको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

चट्याङ लाग्दा हल गोरु र गाई म¥यो

यसैगरी आज बिहान वर्षासँगै परेको चट्याङ लागेर भद्रपुर नगरपालिकामा एक हल गोरु र एक माउ गाईको मृत्यु भएको छ । भद्रपुर–१० निवासी धनबहादुर काफ्लेले पालेका हल गोरु र गाईको चट्याङका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रासस