अफगानिस्तान– तालिवान लडाकूहरूले अफगानिस्तानको दक्षिणी क्षेत्रबाट ४३ जनालाई अपहरण गरेका छन् ।
अपहरणमा पर्नेहरुमा सडक निर्माण कार्यमा संलग्न कामदारहरु समेत रहेको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।


ADVERTISEMENT


युद्धविरामको अवधि सकिएपछि आक्रमक रुपमा प्रस्तुत भएका लडाकूहरूले चार जना सुरक्षाकर्मीको हत्या पनि गरेका छन् ।


ADVERTISEMENT

# # #


लडाकूहरूले कान्दाहार प्रान्तको स्पीन बोल्डाक जिल्लामा रहेको सुरक्षा शिविरमा आक्रमण गरेको प्रान्तीय गभर्नरका प्रवक्ता डाउड अहमादीले एएफपीलाई जानकारी दिएका छन् ।

अपहरणमा परेका ४३ जना मध्ये केही प्राविधिक कमदार, चालक र खाना बनाउने कामदार समेत रहेका छन् ।
उनीहरुलाई रोजगारी दिएको अफगानी निर्माण कम्पनीले पनि उनीहरु अपहरित भएको पुष्टी गरेको समाचारमा जनाइएको छ ।

तालिवानी लडाकूहरुले पनि अपहरणको जिम्मेवारी लिएका छन् । रासस