काठमाडौं–३ महीना अगाडी मर्मत सम्हार गरि चालु अवस्थामा ल्याइएका सहित राजधानी काठमाडौंका विभिन्न स्थानमा रहेका ट्राफिक लाइट अहिले बन्द भएका छन् ।


ADVERTISEMENT


सर्वेन्द्र खनाल ट्राफिक प्रमुखमा नियुक्त भएको दोस्रो दिन देखि काठमाडौंका केही स्थानमा अत्याधुनिक ट्राफिक लाइट जडान गर्दै धेरै स्थानमा ट्राफिक लाइट सञ्चालनमा ल्याइएको थियो ।


ADVERTISEMENT

# # #


सडक विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र काठमाडौं महा(नगरपालिकाको संयुक्त अगुवाइमा ट्राफिक लाइट सञ्चालनमा ल्याइएको हो । जसमध्ये महाराजगञ्ज र बानेश्वरमा अहिलेको सवारी चाँपलाई थेग्न सक्ने खालको लाइट समेत जडान गरिएको थियो ।

चैत्र १३ गेट सञ्चालनमा आएका ७ वटा र पहिले जडान गरिएका ९ वटा मध्ये अहिले नयाँ बानेश्वर चोक र साल्ट ट्रेडिङ कालीमाटीमा मात्र लाइट सञ्चालन मा रहेको छ भने काठमाडौंमा अत्याधिक ट्राफिक जाम हुने सिंहदरबार चोक, नारायण गोपाल चोक, कान्तिपथ, कालीमाटी, लगायतमा ट्राफिक लाइट बन्द अवस्थामा रहेका छन् ।