काठमाडौं–जर्मनीले खेलको अतिरिक्त समयमा गोल गर्दै स्वीडेनलाई २–१ ले पराजीत गरेको छ । जीतसँगै समूहचरणबाटै बाहिरिने खतरामा पुगेको जर्मनीले जारी विश्नकपमा नकआउट चरणमा पुग्ने आशालाई जीवित राखेको छ । खेलको अतिरिक्त समयको ५ औं मिनेटमा गोल गर्दे जर्मनीले खेलमा जीत हासिल गरेको हो ।


ADVERTISEMENT


जर्मनीका लागि विजेता गोल टोनी क्रुसले गरेका थिए ।


ADVERTISEMENT

# # #


समूहको अन्तिम खेल जर्मनीले दक्षिण कोरियासँग खेल्नेछ । स्विडेनलाई पराजीत गरेसँगै उसले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । दक्षिण कोरियालाई हराएमा उसको दोश्रो चरण पुग्ने सम्भावना बलियो हुनेछ ।

आज आइतबार सम्पन्न भएको खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनी पहिलो हाफको समाप्तीमा स्वीडेनसँग एक गोलले पछि परेको थियो ।

जर्मनीले खेलको ३२ औं मिनेटमा गोल खान पुगेको थियो । जर्मनीको पोस्टमा स्वीडेनका २० नम्बरका खेलाडी ओला टोइभोनेनले गोल गरेका थिए । पहिलो हाफमा गोल खाएर दबाबमा परेको जर्मनीले दोश्रो हाफको सुरूवातमा गोल फर्कायो र विश्वकपमा निरन्तर हुने संकेत देखायो ।

जर्मनीका लागि मार्को रेउसले खेलको ४८ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । बराबरी गोल गरेपछि दोश्रो हाफमा जर्मनीले स्वीडेनको गोलपोस्टमा एकपछि अर्को गर्दै आक्रमण गरिरहेको थियो तर सफल हुन सकिरहेको थिएन ।

यस्तैमा २ वटा पहेंलो कार्ड खाएपछि जर्मनीका बोटिङ खेल मैदान बाहिर पुगे र जर्मनी १० जना खेलाडीमा सिमित भयो । १० जनामा सिमित भए पनि जर्मनीको आक्रमण स्वीडेनको पोस्टमा रोकिएन । यसक्रममा उसले केहि राम्रा मौकाहरू गुमायो । स्वीडेनका गोलरक्षकले जर्मनीका केहि उत्कृष्ट प्रहारहरूलाई विफल तुल्याइदिएका थिए ।

यसका बाबजुत पनि हार नमानी जर्मनीले अन्तिम मिनेटसम्म आफ्नो शक्तिलाई कम हुन दिएन र दोश्रो गोल गर्दै डिफेन्डिङ च्याम्पियन राष्ट्रको गरिमा कायम गर्‍यो । जर्मनी १९३८ यता समूह चरणबाट घर फर्किएको छैन र डिफेन्डिङ च्याम्पियनको हैसियतले ऊ आजसम्म घर फर्किएको छैन् । सन् १९९८ मा विश्वकपमा पहिलो खेल गुमाए यता जर्मनीले मेक्सिकोसँग यस विश्वकपमा पहिलो खेल गुमाएको हो ।