काठमाडौं–यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा शनिबार सार्वजनिक भएको छ । गत चैतमा सञ्चालित एसइई परीक्षाको नतिजा परीक्षा नियन्त्रण कार्यालयले शनिबार साँझ प्रकाशित गरेको हो ।


ADVERTISEMENT


नतिजाअनुसार जिपिए ३.६५ देखि ४ (ए प्लस ग्रेड) ल्याउने विद्यार्थीको संख्या १४ हजार दुई सय ३४ जना ।


ADVERTISEMENT

# # #


३.२५ देखि ३.६० जिपिए (ए ग्रेड) ल्याउने विद्यार्थीको संख्या ४६ हजार एक सय ३० र जिपिए २.८५ देखि ३.२० (बी प्लस ग्रेड) ल्याउने विद्यार्थीको संख्या ४९ हजार ३७ छ ।

यस्तै ७० हजार पाँच सय १२ विद्यार्थीले जिपिए २.४५ देखि २.८० (बी ग्रेड) ल्याएका छन् । जिपिए २.०५ देखि २.४० (सी प्लस ग्रेड) ल्याउने विद्यार्थी ६१ हजार आठ सय ७० र जिपिए १.६५ देखि २.०० (सी ग्रेड) ल्याउने विद्यार्थी एक लाख एक हजार ४३ छन् ।

जिपिए १.२५ देखि १.६० (डी प्लस ग्रेड) ल्याउनेको संख्या ३५ हजार पाँच सय ८४ र जिपिए ०.८५ देखि १.२० (डी ग्रेड) ल्याउने विद्यार्थीको संख्या ५८ हजार ६ सय ८८ छ । एक्जाम्टेडतर्फ भने एकजना विद्यार्थीले पनि जिपिए ३.६५ देखि ४ (ए प्लस ग्रेड) ल्याउन सकेका छैनन् । – आजको नागरिक दैनिकबाट