रोल्पा– रोल्पापश्चिमका दुई गाउँपालिकामा अध्ययनरत दलित, जनजाति र जेहेन्दार विद्यार्थीलाई निःशुल्क रुपमा सोलार वितरण गरिएको छ ।


ADVERTISEMENT


जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयको सहयोग रहेको उक्त सोलार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा वितरण गरिएको हो । गाउँपालिकाभित्रका करीब ३०० विद्यार्थीलाई वितरण गरिएको सोलारको प्रतिसेट बजार मूल्य रु तीन हजार रहेको छ ।


ADVERTISEMENT

# # #


जिल्लाको गंगादेव गाउँपालिका र परिवर्तन गाउँपालिकाभित्र रहेका १२ माध्यमिक विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत उनीहरुलाई सोलार वितरण गरिएको हो । उज्यालोको माध्यमबाट विद्यार्थीको पठनपाठनमा थप सुधार ल्याउने उद्देश्यसहित सोलार वितरण गरिएको बताइएको छ ।

सोलार प्राप्त गरेसँगै विद्यार्थीको पठनपाठनमा सुधार हुने शिक्षक चक्रबहादुर वलीले बताएका छन् । गरिबीका कारण ऊर्जाको पहुँचमा नरहेका गरीब तथा विपन्न परिवारलाई सोलार वितरणले राहत पुगेको वलीको भनाइ छ । रासस