एजेन्सी– ट्युनियसाबिरुद्ध ५–२ को जीत निकाल्ने क्रममा शनिबार रोमेलु लुकाकुले बेल्जियमका लागि विश्वकपमा नयाँ इतिहास रहेका छन् ।


ADVERTISEMENT


म्यान्चेस्टर युनाइटेडका स्ट्राइकरले दुई खेलमा चार गोल गर्दै विश्वकपमा कुनै पनि बेल्जियन खेलाडीभन्दा धेरै गोल गर्न सफल भएका हुन् ।


ADVERTISEMENT

# # #


त्यस्तै, विश्वकप र युरोपिन च्याम्पियनसीपको गोल जोड्दा पनि सात गोलसहित उनी सर्वाधिक गोल गर्ने बेल्जियन खेलाडी बनेका छन् ।

त्यस्तै, सन् १९८६ मा अर्जेन्टिनाका महान् खेलाडी डिएगो म्याराडोनापछि विश्वकपका दुई खेलमा लगातार दुई वा सोभन्दा बढी गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् ।

२५ वर्षीय खेलाडीले यो विश्वकपमा चार गोल गर्दै पोर्चुगलका क्रिस्टियानो रोनाल्डोसँग बराबरी गरेका छन् र गोल्डन बुटको रेसमा आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरेका छन् ।

यसअघि नै बेल्जियमका लागि सर्वाधिक गोलकर्ता बनेका लुकाकुले ७१ खेलमा ४० गोल गरिसकेका छन् ।

सन् २०१७–१७ सिजनमा लुकाकुले युनाइटेडका लागि सबै प्रतियोगितामा २७ गोल गरेका थिए ।