काठमाडौं– असार ८ गते शुक्रबार पर्सामा स्वर्गीय नेपाल तरुण दल पर्सा जिल्ला अध्यक्ष वीरेन्द्र पटेलको १३ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । श्रद्धाञ्जली सभामा सहभागी हुन नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, तरुण दल पुर्व अध्यक्ष महेन्द्र यादव, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेत लगायतका नेताहरु उपस्थित भएका थिए ।


ADVERTISEMENT


स्वर्गीय अध्यक्ष पटेलको विगत दुई महिना देखि मिर्गौला, श्वासप्रश्वास र प्यानक्रियाजको समस्याबाट पीडित भई ४२ बर्षको उमेरमा जेठ २७ गते आइतबारका दिन राजधानीको ग्राण्डी अस्पतालमा असमायिक निधन भएको थियो । त्यस लगतै नेपाल तरुण दल केन्द्रीय समितिको निर्णय अनुसार ३ दिन सम्म देशभरको तरुण दलका कार्यालय बन्द गर्दै तरुण दलको झन्डा आधा झुकाउने निर्णय समेत गरेको थियो ।


ADVERTISEMENT

# # #


श्रद्धाञ्जली सभामा बोल्दै नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले स्वर्गीय अध्यक्ष वीरेन्द्र पटेलको निधन पुरा नेपाल तरुण दललाई नै आघात पुगेको र नेपाल तरुण दलले एउटा ठुलो सम्पति गुमाएको उहाले बताउनुभएको थियो । यस्तै उहाले स्वर्गीय पटेलले लोकतन्त्रको लागि गरेको काम प्रकाश पार्दै लामो समय देखि नेपाल तरुण दल र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको र नेपाल तरुण दलले एक बलियो योद्धा गुमाएको पनि स्पष्ट रुपमा बताएका थिए ।