काठमाडौँ– रसियामा जारी फिफा विश्वकपको समूह जी अन्तर्गत पानामाविरुद्धको खेलमा इङल्याण्डले पहिलो हाफमै ५ गोल प्रहार गरेको छ । पानामाले कमजोर प्रदर्शन गरेको छ ।


ADVERTISEMENT


निज्नी नोभ्गरेडस्थित रंगशालामा भएको खेलमा इङल्याण्डले पाँच गोल हानेको हो । उसका लागि खेलको आठौँ मिनेटमा जोन स्टोन्सले गोल गरेर अग्रता दिलाएका थिए । यस्तै २२ औँ मिनेटमा कप्तान ह्यारी केनले पेनाल्टीमार्फत गोल गरे ।


ADVERTISEMENT

# # #


यस्तै ३६ मिनेटमा जिज लिंगार्डले गोल गर्दा स्टोन्ले ४१ औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे ।  कप्तान केनले ४६ औँ अर्को पेनाल्टी मार्फत गोल गर्दै टिमलाई ५-० को स्थितिमा पुर्याए ।

पहिलो खेलमा ट्युनिसियालाई २-१ गोलले पराजित गर्दै सुखद सुरुआत गरेको इङ्ल्यान्डलगातार दोस्रो खेलमा समेत जितसहित प्रिक्वार्टरफाइनल चरणको यात्रा तय गर्ने योजनामा रहेको छ ।

यस्तै पहिलो खेलमा बलियो बेल्जियमसँग ३-० ले पराजित भएको पानामा आफ्नो पहिलो जितको खोजिमा रहेको छ ।