काठमाडौं– नेपाल विद्यार्थी संघले आज देश भरका १२ सय ठाउँमा एकैसाथ १२ मिनेट हर्न बजायर मूल्यबृद्धि वृरुद्ध आन्दोन गर्ने भएको छ ।


ADVERTISEMENT


नेविसंघले आफ्नो तेस्रो चरणको आन्दोलन अन्तर्गत १२ गते १२ बजे १२ सय ठाउँमा १२ मिनेट सवारी साधनको हर्न बजाएर सरकारको विरोध गर्न लागेको नेविसंघका अध्यक्ष नैनसिंह महरले बताएका छन् । वर्तमान सरकारले उपभोग्य सामानमा चर्को मूल्यबृद्धि गरेको भन्दै नेविसंघ आन्दोलनमा उत्रिएको छ ।


ADVERTISEMENT

# # #


यस अघि चक्का जाम, सडक बहस, आयल निगमका कार्यालय घेराउ, मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउने लगायतका काम गर्दा पनि मूल्यबृद्धि फिर्ता गर्न सरकारको ध्यान नगएको भन्दै यस्तो गर्नु परेको अध्यक्ष महरले बताए ।

आफ्ना मागहरू सम्बोधन नगरिए अझै सशक्त रुपमा आन्दोलन अगाडि बढाउने नेविसंघका उपाध्यक्ष पुष्प कुमार शाहीले बताए ।