काठमाडौँ– काठमाडौं क्षेत्र नं ८ का प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले काठमाडौं उपत्यका र विशेषगरी काठमाडौं क्षेत्र नं ८ मा पर्ने भित्री सहरका घरहरुको पुनर्निर्माणमा ढिलाई भएकोमा चिन्ता व्यक्त गरेका छन।


ADVERTISEMENT


प्रतिनिधि सभाको बैठकमा बोल्दै श्रेष्ठले अझै भूकम्प पीडितले सहुलियत ऋण प्राप्त गर्न नसकेको भन्दै यसले ऐतिहासिक र पुरातात्विक महत्व बोकेको भित्रि सहर जोखिम मोलेर टेकाको भरमा बस्न बाध्य भएको बताए ।


ADVERTISEMENT

# # #


श्रेष्ठले वडा नं १८ को किलागलमा एकिकृत बस्ती निर्माण गर्न लागिएको जानकारी दिँदै त्यसमा हाउस पुलिंगसम्बन्धि नियम नहुँदा अफ्ट्यारो परेको बताए।

उनले काठमाडौंका भित्रि सहरमा रहेका घरहरु टेकाको भरमा रहँदा यसले विदेशी पर्यटकमा नकारात्मक असर पारिरहेको भन्दै त्यहा निर्माण हुने घरहरुमा सांस्कृतिक र पौराणिक मान्यतालाई आधार बनाएर निर्माण गरिनु पर्ने स्थानीयको माग रहेको जानकारी दिएका थिए ।