काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको १५औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताए ।

बिहीबार रिपोटर्स क्लव नेपालले काठमाडौंमा गरेको साक्षात्कारमा प्रवक्ता चालिसले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको र बिभिन्न देशबाट अतिथिहरु समेत आउने क्रम सुुरु भएको जानकारी दिए । उनले पार्टी विधान र वैधानिक प्रक्रियाअनुसार नै चलिरहेको स्पष्ट पार्दै सकेसम्म सबैलाई समेटेर लैजाने प्रयास भइरहेको बताए ।

उनले अधिकांश नेताहरु महाधिवेशनमा सहभागी हुने र केहि निजी आकांक्षा राख्नेहरु बाहिर रहने धारणा राखे । नवीन ऊर्जाका साथ महाधिवेशन आयोजना गर्न लागिएको जानकारी दिँदै उनले पूर्वसभापति शेरबहादुर देउवालाई महाधिवेशन उद्घाटनका लागि आह्वान गरिसकिएको जानकारी दिए ।

साथै उनले आगामी महाधिवेशनबाट गगन थापा नै सर्वसम्मत रूपमा पार्टी सभापति बन्न सक्ने सम्भावना रहेको उल्लेख गरे ।