काठमाडौं–प्रदेश सातको प्रदेशसभा बैठक आज अपरान्ह चार बजे बोलाइएको छ । प्रमुख प्रतिपक्षी दल काँग्रेसको विरोधका कारण हिजो बोलाइएको बैठक बस्न सकेन ।


ADVERTISEMENT


प्रतिपक्षी दलको माग सम्बोधन गर्न सरकार तयार भएपछि आज बैठक बस्ने सम्भावना रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । काँग्रेस संसदीय दलका नेता रणबहादुर रावलले आफूहरुको माग सम्बोधन गर्न सरकार तयार रहेकाले प्रदेशसभा बैठक अवरोध नगर्ने बताएका छन् ।


ADVERTISEMENT

# # #


आजको बैठकमा विनियोजन विधेयकमा छलफल हुनेछ । प्रतिपक्षी दलका सदस्यले प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि ल्याएको बजेट विनियोजनको प्रकृतिप्रति असन्तुष्टि जनाउँदै प्रदेशसभाको सोमबारको बैठक पनि छलफलमा प्रवेश नै नगरी स्थगन गरिएको थियो ।