काठमाडौं– गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको निर्माण कार्य ५० प्रतिशत पूरा भएको छ । ३ हजार मिटर लामो र ६० मिटर चौडाई भएको विमानस्थलको पहिलो चरणको रनवे बनाउने (वेसकोर्स) काम पूरा भएको छ ।


ADVERTISEMENT


असोजबाट रनवे पिच गर्ने काम शुरु हुनेछ, यसका लागि भारतबाट विटुमिन पनि विमानस्थलमा ल्याउन थालिएको छ । केही दिनमै दोस्रो चरणको वेसकोर्स रनवे निर्माण पूरा हुने र तेस्रो चरणको कालोपत्रे गर्ने काम शुरू हुने जनाइएको छ ।


ADVERTISEMENT

# # #


करिब ६ अर्ब २२ करोड रुपियाँको आयोजनामा विमानस्थलको आयोजना विस्तारको लागि भनेर २३ अर्ब रुपियाँ बराबरको ५ सय बिघा जमिन थप गरिएको छ । २२ सय घरधुरीको मध्ये ८ सयलाई ६ अर्ब रुपियाँ मुआब्जा दिने काम पूरा भएको आयोजनाले जनाएको छ । – आजको नेपाल समाचारपत्रबाट