काभ्रे– काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिकाको नगर प्रमुखमा नेकपा (एमाले) का अशोक ब्याञ्जु (श्रेष्ठ) सात हजार ९८१ मत ल्याई विजयी भएका छन् ।


ADVERTISEMENT


उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेशप्रसाद हुमागाईंले पाँच हजार ४०८ मत ल्याए । उपप्रमुखमा एमाले कै विमलाकुमारी चौलागाईं छ हजार ८२३ मत ल्याई विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी निर्मलाकुमारी चौलागाईंले चार हजार ९४० मत ल्याइन्।


ADVERTISEMENT

# # #


उक्त नपाको– ११ र १२ मा एमालेको पूरै समूह विजयी भएको छ । वडा नं ११ मा एमालेबाट विष्णु धितालले ९४१ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विनोदप्रसाद तिवारीले ५०५ मत ल्याए ।

त्यस्तै वडा नं १२ हर्कबहादुर तामाङले ६५१ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका महेन्द्रबहादुर लामाले ६१६ मत ल्याएका थिए ।