रसुवा– गएरातिको अविरल वर्षाका कारण अवरुद्ध पासाङल्हामु राजमार्ग सञ्चालनका लागि आज बिहानदेखि नै सुरक्षाकर्मी परिचालन गरिएको छ ।


ADVERTISEMENT


प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार गएराति परेको भीषण वर्षाले कालिका गाउँपालिका–१, राम्चेदेखि ग्राङसम्मको करीब छ किमी भूभाग सडक क्षेत्रका ठाउँठाउँमा भलपानीसँगै माथिबाट आएको पहिरोले सडक पुरेको र उक्त सडक खुलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।


ADVERTISEMENT

# # #


बुधबार साँझ परेको वर्षाले केरुङबाट स्याउ बोकी आएको एक कन्टेनर ट्रक राम्चेको ठाडो खोलाले बगाएको र एउटा बोलेरो जिपलाई सडक सतहमै सामान्य क्षति पु¥याएको प्रहरीले जनाएको छ ।

केरुङबाट सामान लिई आएका ३० भन्दा बढी कन्टेनर सडकका ठाउँठाउँमा रोकिएकाले छिटोभन्दा छिटो पासाङल्हामु राजमार्ग खुलाउने प्रयासका लागि सडक कार्यालयको डोजरका साथसाथै सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ पौडेलले बताएका छन् ।

दैनिकरुपमा नियमित चल्ने बस सेवासमेत प्रभावित हुँदा यात्रु आफ्नो गन्तव्यतर्फ जान सकेका छैनन् । रासस