काठमाडौं– धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प गएको छ ।


ADVERTISEMENT


बिहीबार बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङको सुनौलो बजारबाट ४.५ किलोमिटर उत्तरपश्चिम केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।


ADVERTISEMENT

# # #


भूकम्पको धक्का काठमाडौं उपत्यकासहित धादिङको छिमेकी जिल्लाहरुमा महसुस गरिएको थियो ।

भूकम्पको क्षतिको विवरण भने आएको छैन ।