काठमाडौँ– उत्तम कुँवर स्मारक पुरस्कार गुठीले रवीन्द्र समीरको कृति ‘भूकम्पमा मल्हमपट्टी’ लाई २०७३ सालको उत्तम शान्ति पुरस्का प्रंदान गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


गुठीका सभापति पार्थिवेश्वर तिमिल्सेनाको अध्यक्षमा शनिबार बसेको बैठकले गैरआख्यान उक्त कृतिलाई रु ५० हजार र ताम्रपत्रसहितको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


नेपाली साहित्यिक पत्रकारितामा योगदान गर्नु भएका उत्तम कुँवरको स्मृतिमा २०४४ सालदेखि गुठीले निबन्ध, आत्मकथा, संस्मरण र जीवनी जस्ता कृतिलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।