विश्वकप समूह चरण रोमाञ्चक बनिरहेको खेलमा बिहीबार अर्को रोमाञ्चकता थपिँदैछ । बेलुका पौने ८ बजे समूह ‘एच’ का जापान र पोल्याण्ड तथा सेनेगल र कोलम्बियाबीच खेल हुँदैछ ।


ADVERTISEMENT


उक्त खेल विश्वकपबाट बाहिरिसकेको पोल्याण्डका लागि प्रतिष्ठाका लागिमात्रै हुनेछ भने बाँकी ३ टिम अन्तिम १६ मा पुग्नका लागि प्रतिस्पर्धा गर्नेछन् ।


ADVERTISEMENT

# # #


जापान र सेनेगलको चार/चार अंक रहेको छ भने कोलम्बियाको तीन अंक छ । पोल्याण्डले भने यसअघिका दुवै खेल हारेर अंकविहीन छ ।

जापान र सेनेगललाई अघिल्लो चरण प्रवेशका लागि बराबरी मात्रै भए पुग्छ । कोलम्बियाका लागि सेनेगलमाथि जित आवश्यक पर्छ । तर जापान पोल्याण्डसँग पराजित भएमा र सेनेगल र कोलम्बियाले बराबरी खेलेमा जापानको पनि विश्वकप यात्रा यहीँ टुंगिन सक्छ ।