काठमाडौं– प्रधानमन्त्री केपी ओलीले नेपालको आफ्नै रेल आउँने कुरामा शंका नगर्न भन्दै सांसदलाई रेल चढ्न निम्ता दिएका छन । ओलीले शुक्रबार प्रतिनिधि सभामा सांसदहरुको प्रश्नको जवाफ दिंदै नेपालको आफ्नै रेल आउने कुरामा शंका नगर्न भन्दै सँगै रेल चढ्न सांसदहरुलाई निम्ता दिएका हुन ।


ADVERTISEMENT


प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको प्रधानमन्त्री ओलीले शुक्रबार जवाफ दिने क्रममा सांसदहरु बिच सवाल जवाफ भएको हो । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले नेपालको आफ्नै रेल हुने कुरामा शंका रहेको भन्दै अरुको रेललाई आफ्नो भन्ने कि भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए ।


ADVERTISEMENT

# # #


रिजालको अन्तिम प्रश्नबाट आफ्नो जवाफ सुरु गरेका प्रधानमन्त्री ओलीले नेपालको आफ्नै रेल हुने कुरामा शंका नगर्न जवाफ दिए । – आजको राजधानी दैनिकबाट