काठमाडौं– तराईका जिल्लाको रैथाने रोग मानिने कालाजार पछिल्लो समय पहाड हुँदै हिमाली जिल्लातिर पुगेको छ।


ADVERTISEMENT


नेपालमा सन् १९८६ देखि कालाजार फेला परेको हो । प्रत्येक वर्ष विभिन्न जिल्लामा फैलिँदै गएको यो रोग यस वर्ष हिमाली जिल्लाका तल्लो भागहरूमा समेत देखिएको स्वास्थ्य सेवा विभाग इपिडियोमोेलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।


ADVERTISEMENT

# # #


स्वास्थ्य सेवा विभाग इपिडियोमोलोजी तथा भेक्टर कन्ट्रोल शाखाका अनुसार तीन वर्षयता हुम्ला, मुगु, बाजुरा, डोल्पा लगायतका हिमाली जिल्लाहरूमा पनि कालाजारका बिरामी भेटिएका छन् । ओखलढुंगा, प्युठान, पाल्पा, सुर्खेत, भोजपुर लगायतका जिल्लामा केही वर्षदेखि कालाजार बढ्दै गएको छ ।

सेनफ्लाइ भन्ने भसुुनाले टोकेपछि मानिसमा कालाजार संक्रमण हुन्छ । यो संक्रमण शरीरमा प्रवेश गरेपछि कलेजो, फियो हुँदै रगतका सेलहरूमा समेत पुगेर क्षति गर्छ । सेनफ्लाइ भुसुनाले लेसमिनियासिस नामक परजीवि सार्छ। – आजको नागरिक दैनिकबाट