मस्को, (एजेन्सी)– रुसमा जारी विश्वकपमा ती देशको चिया बढी चर्चा चलिरहेको छ । अर्जेन्टिनाका लियोनेल मेसी र उरुग्वेका लुइस सुआरेजले रुसी संस्कृतिलाई दर्शाएको कपमा देसी चियाका साथ आफना तस्वीर सोसल साइट्समा शेयर गरेका थिए । दक्षिण अमेरिकामा यो चियामा केही कफी पनि मिश्रित गरिन्छ । यसलाई अंगे्रजीमा मेट भनिन्छ भने आम भाषामा देसी चाय भनिन्छ ।


ADVERTISEMENT


यो चिया पिउन मेसी, सुआरेज मात्रै होइनन् इंग्ल्यान्डका फुटबलर पनि लाइनमा लागेका छन् । उनीहरु पनि यो चियाबाट प्रभावित भएका छन् । जसमा इंग्ल्यान्डका खेलाडी एरिक, डेले अली र डेनी रोज सामेल छन् ।


ADVERTISEMENT

# # #


इंग्ल्यान्डको एक वेबसाइटले यो देसी चायको स्वादलाई लिएर एक सर्वेक्षण गरायो । जसमा रेस्पान्स राम्रो मिलेको छ । यो चिया पिएपछि शक्ति प्राप्त गरेको पनि बताइएको छ । कसैले बताए—यो चिया त ग्रीन चिया जस्तै लागेको छ । तर जब पहिलो चुस्की लिए,मजा आयो । यो स्वादिलो छ । यसलाई खराब विल्कुलै भन्न सकिँदैन । – आजको नेपाल समाचारपत्रबाट