जुम्ला– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा सनसन बस्ने घोषणा गरेका डा. गोविन्द केसीलाई स्थानीय प्रशासनले अनसन बस्न प्रतिबन्ध लगाएको छ ।


ADVERTISEMENT


जिल्ला प्रशासन कार्यालय जुम्लाले शुक्रबार डा। केसीलार्इ लक्षित गर्दै एक विज्ञप्ति निकाल्यो । विज्ञप्तिमार्फत ‘प्रशासन कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दुई सय मिटर वरपर कुनै पनि प्रकारको अनसन, आन्दोलन तथा विरोध प्रदर्शन गर्न नपाइने’ सूचना जारी गरेको हो ।


ADVERTISEMENT

# # #


चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर ल्याउन खोजिएको भन्दै सरकारलाई ध्यानआकर्षण गर्न डा. केसीले जुम्लामा निर्णायक अनसन बस्ने घोषणा गरेका थिए । सोही अनसनका लागि उनी शुक्रबार राति जुम्ला सदरमुकाम पुगेका थिए । उनी काठमाडौंबाट बिहीबार नेपालगन्ज हुँदै जुम्लाका लागि हिँडेका थिए ।

प्रशासनले रो लगाए पनि डा। केसीले अनसन बसेरै छाड्ने अडान लिएका छन् । उनी १५ औँ पटक अनसन बस्न जुम्ला आइपुगेका हुन् । यसअघि पटकपटक काठमाडौंमा अनसन बसिसकेका छन् ।