पोखरा– शनिबारदेखि रोकिएको पोखरा लेखनाथ महानगरपालिकाको मतगणना सोमबार दिउँसो १ बजेदेखि सुरु हुने भएको छ।


ADVERTISEMENT


निर्वाचन आयोग र राजनीतिक दलहरु बीच भएको छलफलले विवादित १७ नम्बर वडा बाहेकका वडामा मतगणना थाल्ने सहमति गरेको हो । क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले सहमति पछि मतगणनाको तयारी भैरहेको जानकारी दिए।


ADVERTISEMENT

# # #


बैठकबाट पछि नेकपा माओवादी केन्द्र कास्कीका अध्यक्ष दिपक कोइरालाले १७ नम्बर बाहेकका वडामा पनि फरक छाप देखिए गणना रोक्ने सहमति भएको जानकारी दिए। उनका अनुसार १७ नम्बर वडाको भने मुचुल्का हेरेर पुनः छलफल गरी निर्णय गर्ने बिषयमा पार्टीहरुले सहमति जनाएका छन् ।

महानगरको वडा नम्बर १७ को मत गणनाका क्रममा फरक मतपत्र भेटिएपछि मतगणना कार्य स्थगित भएको थियो ।

गणनाको क्रममा शनिबार सूर्यमा छाप लगाइएको मतपत्रको कागज फरक भएको, मतदान गर्ने स्वस्तिक छाप केही चाक्लो र रङ्ग फरक भएको भन्दै काँग्रेस, माओवादी केन्द्र, राप्रपासहितका दलहरूले मतगणना बहिस्कार गरेपछि मतगणना रोकिएको थियो ।