काठमाडौँ– डाक्टर गोविन्द केसीले जिल्ला प्रहरी कार्यालय जुम्लाबाट आमरण अनसन सुरु गरेका छन्।


ADVERTISEMENT


निषेधित क्षेत्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्न नदिने बताउँदै प्रहरीले उनलाई पक्राउ गरी शनिबार दिउँसो जिप्रका जुम्ला लगेपछि उनले त्यहीँ अनसन सुरु गरेको घोषणा गरेका हुन् ।


ADVERTISEMENT

# # #


डाक्टर केसीले शनिबार अपरान्ह ३ बजेदेखि अनसन सुरु गरेको जुम्लामा रहेका उनका सहयोगी किशोर केसीले बताए। अनसन बस्नुअघि डाक्टर केसीले रगत जाँच गर्न नपाएको उनले बताए। प्रहरीले डाक्टर केसीलाई अस्पताल छिर्न पनि नदिएको उनको भनाइ छ।

माग पूरा नभएसम्म आमरण अनसन चलिरहने बताउँदै डाक्टर केसीले अनसन सुरु गरेका हुन्।

‘चिकित्सा क्षेत्रका माफिया’ लाई फाइदा पुग्ने गरी सरकारले चिकित्सा शिक्षा अध्यादेश ल्याएको विरोधमा डाक्टर केसी आमरण अनसन बस्न जुम्ला पुगेका हुन्।

यसअघि उनले राखेका माग पनि पूरा भएका छैनन्। डाक्टर केसीलाई प्रतिष्ठानभित्रै अनसन बस्न दिनुपर्ने भन्दै उनका समर्थकले खलंगामा शान्तिपूर्ण विरोध गरिरहेका छन्।