काठमाडौं–द्वन्द्वकालमा कृष्णप्रसाद अधिकारी हत्याका अभियुक्त रुद्र आचार्यलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले चालेको कदमलाई परराष्ट्र मन्त्रालयले अडाएको तथ्य खुलेको छ । अभियुक्त आचार्य बेलायतमा रहेको भन्दै उनलाई पक्रन प्रहरी प्रधान कार्यालयले २०१४ जुनमा रेडकर्नर नोटिस जारी गरिसकेको थियो ।


ADVERTISEMENT


त्यसलगत्तै बेलायती प्रहरीले विस्तृत जानकारी मागेपछि प्रहरी प्रधान कार्यालयले उनको विवरण गृह मन्त्रालय हुँदै परराष्ट्रमा पठाएको थियो । तर परराष्ट्रले उक्त महत्त्वपूर्ण सूचना बेलायत नपठाई लुकाएर राखेको छ ।


ADVERTISEMENT

# # #


२०६१ जेठ २४ मा गते तत्कालीन माओवादी कार्यकर्ताले कृष्णप्रसादको हत्या गरेका थिए । कृष्णको हत्यामा संलग्न अभियुक्तमध्येका एक रुद्र आचार्यलाई अदालतले फरार अभियुक्तको सूचीमा राखेको छ ।

हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै ३१ दिनयता कृष्णप्रसादकी आमा गंगामाया वीर अस्पतालमा आमरण अनशनरत छिन् । गंगामायाको स्वास्थ्य गम्भीर बन्दै जाँदा उनको माग पूरा गर्न सरकारले गरेको पहलबारे बुझने क्रममा प्रहरी प्रधान कार्यालयले पठाएको पत्र परराष्ट्रले अगाडि नबढाएको तथ्य खुलेको हो । – आजको कान्तिपुर दैनिकबाट