काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही जेठ १५ गतेको गणतन्त्र दिवसलाई जनताको सहभागितामा विविध कार्यक्रमसहित भव्यरुपमा मनाइने बताएका छन्।


ADVERTISEMENT


‘गणतन्त्र दिवस मूल समारोह समिति’ को सिंहदरबारस्थित गृह मन्त्रालयमा आज बसेको बैठकलाई सम्बोेधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ ले गणतन्त्र दिवस मनाउने नाममा औपचारिता मात्र पूरा गर्नेभन्दा पनि जनताको माझमा जनता सँगसँगै बनाउने प्रतिबद्धता व्यक्त गरे।


ADVERTISEMENT

# # #


गणतन्त्र दिवस नेपालको इतिहासमा युगान्तकारी दिन भएकाले सबैको सल्लाह र सुझावका आधारमा दिवसलाई व्यवस्थित, सभ्य र भव्य रूपमा मनाउने उनको भनाइ छ ।

“कसैले जित्ने वा हार्नेभन्दा पनि पहिलो चरणको निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित रुपमा सम्पन्न हुनु नै देशले जित्नु हो, यो निर्वाचन अत्यन्तै शान्तिपूर्ण र धाँधलीरहित रुपमा सम्पन्न हुनु नै ठूलो कुरा हो” – प्रधानमन्त्री ‘प्रचण्ड’ ले भने ।

पहिलो चरणको निर्वाचन जसरी दोस्रो चरणको निर्वाचन पनि शान्तिपूर्ण तरिकाले सम्पन्न गर्दै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

बैठकमा सभामुख ओनसरी घर्ती र उपप्रधान ताथ गृहमन्त्री विमलेन्द्र निधिलगायत उपस्थित भएका थिए।