रोनाल्डो र मेस्सी बाहिरिँदा कमाल गर्लान त नेमारले ?


ADVERTISEMENT


विश्व फुटबलका त्रिमूर्ति (रोनाल्डो, मेस्सी र नेमार) मध्ये पहिलो दुईको विश्वकप यात्रा समाप्त भइसकेको छ । यसकारण अब सबैको नजर ब्राजिलका फरवार्ड नेमारमाथि हुनेछ । जब ब्राजिल आज मेक्सिकोका विरुद्ध क्वार्टर फाइनल प्रवेश गर्नका लागि मैदान उत्रिँदैछ ।


ADVERTISEMENT

# # #


१९९० को विश्वकप पछि ब्राजिलले हरेक पटक क्वार्टर फाइनलमा आफ्नो स्थान बनाउँदै आएको छ । यही रेकर्डलाई निरन्तरता दिनका लागि आज ब्राजिल मैदान प्रवेश गर्नेछ । यद्दपी उसका लागि यो कुरा त्यती सजिलो हुने छैन । किनकि ब्राजिलको टक्कर त्यो टिमसंग छ जसले लिग चरणमा डिफेन्डिङ च्याम्पियन जर्मनीलाई हराएर अन्तिम १६ को स्थान कब्जा गरेको थियो ।

डिफेन्स तोड्नु प्रमुख चुनौति

ब्राजिलको टिम आफ्नो समूह खेलमा दुई जित हात पारेपछि आत्मविश्वासले भरिएको छ । छैटौँ पटक विश्वकप जित्ने लक्ष्यका साथ रसिया पुगेको ब्राजिल त्यसका लागि आफ्नो जुन सुकै शक्ति लगाउन पनि तयार छ । यस्तै ब्राजिल मेक्सिकोको प्रदर्शनसंग जानकार छ । आज उसको लक्ष्य मेक्सिकोको डिफेन्समाथि हमला गर्नु हो ।

मेक्सिकोको डिफेन्सलाई तोड्नु नै ब्राजिलको लागि समारा एरीनामा खेल्ने खेलको सबैभन्दा ठूलो चुनौति हुनेछ साथै परीक्षा पनि । ब्राजिलसंग नेमार र कोटिन्होका साथै थियागो सिल्वा र गेब्रिएल जीसूस तथा मार्सेलो जस्ता खेलाडी सामेल छन् । जसको संयोजनले सबै खेलहरु जित्ने सामथ्र्य राख्दछ ।

अन्तिम १६ को बार नाघ्ने चुनौति

मेक्सिकोले लगातार सातौँ पटक प्रि-क्वार्टर फाइनलमा स्थान बनाएको छ । तर टिम पछिल्लो ६ पटकमा अन्तिम १६ को बारलाई पार गर्न असफल रहेको छ । जसको लक्ष्य विश्वकपमा आफ्नो पाचौँ खेल खेल्ने रहेको छ ।

समूह खेलमा जर्मनी र दक्षिण कोरियालाई हराउँदा मेक्सिको स्पीडेनसंग ०-३ गोल अन्तरले पराजित भएको थियो । यता ब्राजिलले सर्वीया र कोस्टारिकालाई हराउँदा स्वीटजरल्याण्डसंग १-१ को बराबरी खेलेको थियो ।

फीफा विश्वकपमा आजसम्म मेक्सिकोले केवल दुई पटक क्वार्टरफाइनलको यात्रा तय गरेको छ । उसले १९७० र १९८६ मा अन्तिम ८ मा प्रवेश गर्ने मौका पाएको थियो । यता ब्राजिल भने १३ पटक क्वार्टरफाइनल पुगेको छ । यसकारण मेक्सिकोका लागि ब्राजिललाई हराएर अन्तिम ८ टिममा स्थान हासिल गर्न त्यती सजिलो हुनेछैन ।