काठमाडौँ– राजधानीस्थित वीर अस्पतालमा लामो समयदेखी आमरण अनसनमा रहेकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाबारे कांग्रेस नेता डा. शेखर कोईरालाले जानकारी लिएका छन् ।


ADVERTISEMENT


सोमबार अस्पतालमा भेटपछि डा. कोईरालाले अधिकारीको अवस्था अत्यन्तै नाजुक रहेकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताए । कोईरालाले गंगामायाको मुद्दालाई द्वन्द्वकालीन समयको घट्नासँग जोडेर हेर्न नमिल्ने उल्लेख गरे । उनले भने, ‘गंगामायाको जस्ता धेरै त्यस्ता मुद्दा छन, ती मुद्दाहरुलाई द्वन्द्वकालीन घट्नासँग जोडेर अपराधीलाई उन्मुक्ती दिन मिल्दैन।’


ADVERTISEMENT

# # #


गम्भीर बन्दै गंगामायाको स्वास्थ्य, उदासीन सरकार

तत्कालीन समयमा ऐतिहासिक १२ बुदे सम्झौतामा महत्वपुर्ण भुमिका खेलेका शेखर कोईरालाले तत्कालीन समयको युद्धरतपक्ष शान्तिपुर्ण राजनितीमा आएको यति लामो समय भैसक्दा समेत द्वन्दकालिन मुद्धाहरु समेत अझै टुंगोमा पुग्न नसक्नु दुर्भाग्य भएको टिप्पणी गरे ।