धनगढी– कैलालीको भजनी नगरपालिका–५, लौबस्थाका करिब २०० परिवार डुबानमा परेका छन् । कान्द्रा नदीमा आएको बाढीका कारण उनीहरु डुबानमा परेका छन् ।


ADVERTISEMENT


भजनी नगरपालिकाकी उपमेयर छाया देवकोटाले लौबस्थाका २ सय परिवार डुबानमा परेको र उनीहरु सोमबारदेखि नै स्कुल र सुरक्षीत भवनमा आश्रय लिएर बसिरहेको जानकारी दिइन् । बाढी अझै बढ्न सक्ने खतरा रहेकाले स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको उनले बताइन् ।


ADVERTISEMENT

# # #


स्थानीय बाढीको चपेटामा परेपछि उद्धार समिति खाद्यान्न तथा उद्धार सामग्री लिएर बाढीप्रभावित क्षेत्रमा पुगेको रेडक्रस कैलालीका सभापति उत्तम जोशीले जानकारी दिए ।