काठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षत्री आज चीन भ्रमणमा जादै छन् ।


ADVERTISEMENT


चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणमा क्षत्री चीन भ्रमणमा जान लागेका हुन् । भ्रमणका क्रममा उनले उच्चपदस्थ अधिकारीहरुलाई भेटवार्ता गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


चीनबाट उनी म्यानमार जानेछन् । त्यहाँ उच्च पदस्थ अधिकारीहरुलाई भेटेर २९ गते स्वेदेश र्फकने कार्यक्रम छ ।

क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कामु प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन् ।